Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गदै सशस्त्र प्रहरी


    शनिबार, पुष ७ २०८०
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरकोट भूकम्पबाट प्रभावित पश्चिम रुकुमका बासिन्दाका लागि सशस्त्र प्रहरीले हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ। जसअन्तर्गत चौरजहारी नगरपालिकामा नौ र त्रिबेणि गाउँपालिकामा सात वटा निर्माण गरिएका छन्।

    विशेष गरि एकल महिला, अपाङ्गता भएका व्यक्ति,  ज्येष्ठ नागरिक, बिरामी, बिपन्न र सुत्केरी महिलालाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। अहिलेसम्म एकल महिलाको लागि पाँच, अपाङ्गता भएका व्यक्तिका चार, ज्येष्ठ नागरिकका तीन, बिरामी भएका व्यक्तिका तीन, विपन्न तथा सुत्केरी महिलाका एक-एक वटा अस्थायी आवास निर्माण गरिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए।

    अस्थायी आवास निर्माणका लागि गत मंसीर २८ गते बाट सशस्त्र प्रहरी बलको फौज चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकामा अस्थायी रुपमा बस्ने गरि तैनाथ गरिएको छ। यसका साथै जिल्लाको आठबिसकोट नगरपालिका र सानिभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि छिट्टै फौज परिचालन गरिने थापाले बताए।

    त्यस्तै, मुसिकोट नगरपालिकामा समेत स्थानीय जनप्रतिनिधि र जिल्ला विपद् ब्यबस्थापन समितिसँगको समन्वयमा अस्थायी आवास निर्माणमा सहयोग गर्न सशस्त्र प्रहरीको टोली परिचालन गर्न लागिएको छ।

    भूकम्प प्रभावित जाजरकोटमा पनि आश्रित गुल्म जाजरकोटले अस्थायी पाल जडान गर्ने, भत्किएका विद्यालय तथा स्थानीयका घरको भग्नावशेष हटाउने तथा चर्किएका घर भत्काउने काममा तिव्रता दिएको थापाले बताए। जसअन्तर्गत डिजास्टर रिलिफ सिस्टम १० सहित ८५ वटा पाल प्रदान गरिएका छन्।

    यस्तै भेरी नगरपालिकामा १००, नलगाड नगरपालिकामा ११८ र कुशे गाउँपालिकामा २५ स्थानका भग्नावशेष हटाइएको छ। चर्किएका आठ वटा घर भत्काइएको सशस्त्र प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार