Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रेशम चौधरीले भने- महाधिवेशनपछि नाउपा देशकै साझा पार्टी बन्नेछ


    शुक्रबार, पुष ६ २०८०
    745
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले महाधिवेशन पछि पार्टी देशकै साझा पार्टी बन्ने दाबी गरेका छन् । प्रथम महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन लेखिरहेका नेता चौधरीले यस्तो बताएका हुन् ।

    नेता चौधरी भन्छन्, ‘थरुहट आन्दोलनको जगबाट स्थापित भएको हाम्रो पार्टीलाई क्षेत्रीय पार्टीको रूपमा हेरिने गरिएको छ । तर, हाम्रो सोच, भिजन र एजेन्डा कुनै एउटा भूगोल या जातजातिको मात्रै नभई समग्र देश र देशवासीका तमाम पहिचानको रक्षा गर्दै देशको विकासमा योगदान पुर्‍याउनु हो । त्यसैले पार्टीको राजनीतिक प्रतिवेदनले हिमाल, पहाड र तराई सम्पूर्ण देशवासीको साझा पार्टीका रूपमा अघि बढ्न मार्ग निर्देश दिनेछ ।’

    नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि २८ सम्म उक्त पार्टीको आधार भूमि कैलालीको टीकापुरमा हुँदै छ । पार्टीले स्थापनाको छोटो समयमै राम्रो मत ल्याउन सफल भएको थियो ।

    महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने पार्टीको तयारी छ । नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा ७७ वटै जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी गराउने पार्टीको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार