Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको दाबी- डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी भएको छ


    शुक्रबार, पुष ६ २०८०
    875
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको दाबी गरेका छन्।

    शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए।

    ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

    देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत बृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्ले पारित गरिसकेको बताउँदै यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

    प्रधानमन्त्री प्रचण्डले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार