Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषा हंसपुरमा हिरासत भित्रै एक थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते


    शुक्रबार, पुष ६ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। धनुषा हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका एक थुनुवाको गए राति मृत्यु भएको छ।

    सुगा निकासका दीपनारायण मण्डलको हिरासतभित्र मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

    भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। हवाई फायर गर्दा एक जना घाइते भएका छन्। शंकर मण्डल घाइते भएका हुन्।

    मण्डलको हातमा गोली लागेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

    विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेले घटनास्थलमा अवस्था तनावग्रस्त रहेको बताए। उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार