काठमाडौं। देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ।
रूकुम पश्चिमकाे आठबिसकोट नगरपालिका-१० पिरिकोटस्थित सडकमा सोही नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुको लागि राहत सामग्री लिएर गइरहेको रा.१ द १४ नम्बरको ट्याक्टर घुम्तीमा मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर बुधबार राति दुर्घटना हुदाँ ट्याक्टरमा सवार सोही नगरपालिका-१० नाउला बस्ने ४६ वर्षीय लोक बहादुर शाही समेत ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ९ जनाको नगर अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तयसैगरी, बाराकाे निजगढ नगरपालिका-९ सिंगौल गेटस्थित सडकमा प्र.१- ०५-००१ प ५४९७ नमबर र बा.९७ प ९४४ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बा.९७ प ९४४ नम्बरको मोटरसाइकल चालक उदयपुर कटारी नगरपालिका-२ बस्ने ३४ वर्षीय चन्द्रदिप लामा र प्र.१ -०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका-३ पौराई बस्ने ३१ वर्षीय बुद्ध बहादुर बल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सामुदायिक प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै बा.९७ प.९४४ नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै डडेल्धुराकाे अमरगढी नगरपालिका-२ आईतबजारस्थित सडकमा सु.प.प्र.०४-००१ च १८८ नम्बरको जिप सडकको नालामा पल्टिई बुधबार साँझ दुर्घटना हुँदा जिपमा सवार अमरगढी नगरपालिका-८ बस्ने ४० वर्षीय दान बहादुर ओलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको सोही अस्पताल भइरहेको छ भने अन्य १ जनालाई उपचारको लागि गेटा आँखा अस्पताल धनगढी कैलाली पठाइएको छ ।
धनुषाकाे धनुषाधाम नगरपालिका-७ कान्छी बजारस्थित सडकमा ना.४ ख ४१५२ नम्बरको ट्याङ्करले लु.८६ प ८४०९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend