Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुणस्तरहीन कस्मेटिक सामग्रीहरुको प्रयोग रोक्न सांसदहरुको माग


    बुधबार, पुष ४ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गुणस्तरहीन सौन्दर्यका लागि प्रयोग हुने कस्मेटिक सामग्री रोक लगाउन सांसदहरुले माग गरेका छन् । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले यस्तो माग गरेका हुन् ।

    उनीहरुले गुणस्तरहीन सामानको प्रयोगले महिलाहरुमा छाला बिग्रने जस्ता समस्या आउने खतरा रहेको भन्दै बजार अनुगमन प्रभावकारी बनाउन माग गरे । सांसदहरुले बाहिरबाट कच्चा पदार्थ ल्याएर अन्तर्राष्ट्रिय ब्राण्डको नाममा बजारमा कस्मेटिक पसल तथा पार्लरहरुले प्रयोगमा ल्याउने गरेको बताए ।

    उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए । सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे÷नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार