Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाले काम गर्न नसके अर्को विकल्पमा जानुपर्छ : सांसद कार्की


    बुधबार, पुष ४ २०८०
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सांसद चन्दा कार्कीले द्रुत मार्ग निर्माणमा सेनाले काम गर्न नसके अर्को विकल्पमा जानुपर्ने बताएकी छन् । आज संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले यस्ताे बताएकी हुन् ।

    उनले एकातिर आर्थिक भार थपिँदै जाने र काम पनि गर्न नसक्ने हो भने अर्को विकल्पमा जानुपर्ने बताइन् ।

    सांसद कार्कीले ७१ किलोमिटर बाटो बनाउन ६ वर्ष लागेको बताउँदै बाँकी ७२ प्रतिशत काम ३ वर्षभित्र कसरी सकिन्छ ? भन्दै प्रश्न गरिन् । उनले सेनाको मुख्य ध्यान राष्ट्रिय सुरक्षामा हुनुपर्ने समेत बताइन् ।

    सांसद कार्कीले भनिन्– ‘काम ढिला भयो भए जरिवाना हुन्छ । सेनालाई जरिवाना हुँदैन क्यारे। सेनाले ठेकेदारलाई कारबाही गरेको छ कि छैन ? समस्यामाथि को जिम्मेवार हुने ? गफ गरेर मात्रै हुँदैन। खोकनामा किन विवाद आयो ?’

    उनले अहिलेसम्म समितिले के के काम गर्‍यो भन्ने कुरा पनि बाहिर आउनुपर्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार