Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राज्य व्यवस्था समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजिएको लेखा समिति सभापतिको आरोप


    बुधबार, पुष ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत एनसेल काण्ड ढाकछोप गर्न खोजेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पोखरेलले साे आराेप लगाएका हुन् ।

    ‘सरकारी सुण्ड मसुण्डहरू सार्वजिक लेखा समितिले गरेको एनसेल भ्रष्टाचार काण्डसम्बन्धी निर्णयलाई र सरकारलाई दिएको दबाबलाई कमजोड बनाउन र भ्रष्टाचारलाई छोप्न, आफ्नो कार्यक्षेत्रभन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बंग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपील गर्दछु,’ उनले फेसबुकमा लेखेका छन् ।

    पोखरेलले एनसेल प्रकरणमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अन्य समितिहरूमा छलफल गर्ने वा निर्णय गर्ने कार्य संसदीय गरिमा र मर्यादाभन्दा बाहिरको भएको टिप्पणी समेत गरेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार