Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा ९ किलो गाँजा बरामद, दुई जना पक्राउ


    बुधबार, पुष ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बारामा गाँजासहित दुई जना पक्राउ परेका छन् । आज बिहान जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले गाँजासहित उनलाई पक्राउ गरेको हाे ।

    पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका घर भएका २१ वर्षीय सुवास मोक्तान र ३० वर्षीय देवराज स्याङताङ छन् ।

    पथलैया चोकमा उनीहरू सवार मोटरसाइकल चेकजाँच गर्दा ९ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरू बागमती प्रदेश–०२–०२९ प १६०९ नम्बरको मोटरसाइकलमा सवार थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार