Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार मुद्दामा रेड नोटिस जारी भएका लामा कुवेतबाट पक्राउ


    मंगलबार, पुष ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति कुवेतबाट पक्राउ परेका छन् ।काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका- ८ घर भएका ३१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।

    उनी कुवेतमा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
    कुवेत प्रहरीको समन्वयमा लामालाई पक्राउ गरी मंगलबार नेपाल ल्याइएको छ ।

    अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्युरो (एनसीबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० असोज ११ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार