Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राज्यव्यवस्था समितिमा प्रचण्डले भने- एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड छ 


    मंगलबार, पुष ३ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताएका छन् ।

    प्रधानमन्त्रीले कर छल्ने स्वामित्व हस्तान्तरण नगर्ने नियत रहेको बताए ।

    “एनसेलमा अघिल्लो पटक कर तिर्नुपर्छ भनेर लेखा समितिमा म आफैँ लडेको थिए । यसले ६५ अर्ब जोगाएको हो । अहिले जालझेल भएकै छ, गडबड छ । कर छल्ने, स्वामित्व हस्तान्तरण नगर्ने नियत छ,” प्रधानमन्त्रीले भने, “१४३ अर्बलाई ६ अआर्बमा बिक्री सहज छैन, अहिले २०० अर्ब पुगेको हुनुपर्छ । यसमा म जुनसुकै मूल्य चुकाएर लड्छु । कानुन सच्चाऔँ नेपाल हार्छ होइन जित्छ । म ढुक्क छु ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार