साउथ इन्डियन फिल्मकी नायिका काजल अग्रवाल १९ जुनमा आफ्नो जन्मदिन मनाउँदै छिन् । काजलले सिंघम फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । साथै, उनी स्पेसल २६ र दो लफ्जों कि कहानीमा पनि देखिइन् । काजल बलिउडमा त त्यति जम्न सकिनन्, तर साउथ फिल्म उद्योगमा भने शीर्ष अभिनेत्रीमा पर्छिन् ।
काजलले अजय देवगणसँग काम गरिन् । फिल्म हिट पनि भयो, तर उनलाई भाग्यले साथ दिएन । सिंघमपछि काजलले खासै गतिलो फिल्म पाइनन् । यद्यपि अहिले पनि उनी साउथ फिल्म उद्योगमा भने जमिरहेकी छिन् । अहिले काजलसँग तीन करोडभन्दा बढी भारु पर्ने गाडी नै तीनवटा छन् ।
फिल्मी यात्रा सुरु गर्नुअघि पहिला उनी विज्ञापनमा काम गर्थिन् । काजलको करिअरको सबैभन्दा हिट फिल्म मगधिरालाई मानिन्छ । यो राजामौलीको फिल्म हो । जसले धेरै रेकर्ड तोड्यो ।