Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको गुनासो- विवादकै बीच नागरिकता ऐन पारित भयो


    मंगलबार, पुष ३ २०८०
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बाट नागरिकता ऐन पारित भएको टिप्पणी गरेका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए ।

    मंगलबार बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले छिमेकी देश भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे ।

    “विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ,” उनले भने, “छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।”

    देशको भूराजनीतिक स्थितिका कारण सबै अवस्था एकै र सहज हुन्छ भन्ने नभएको उनले स्पष्ट पारे । यी विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार