Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पाँच लाख रुपैयाँ घुससहित वडाध्यक्ष कार्की पक्राउ


    सोमबार, पुष २ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। वीरगन्ज सेवाग्राहीसँग घुस लिएको आरोपमा बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ का वडाध्यक्ष तारा कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। कार्कीलाई हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

    वडाध्यक्ष कार्कीले सडक बाटो सिफारिसका लागि स्थानीय जग्गा व्यवसायी राजन उप्रेतीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

    जितपुरस्थित जैसवाल होटेलमा घुस लिँदै गर्दा अख्तियारको टोलीले कार्कीलाई पक्राउ गरेको हो । उनको साथबाट उप्रेतीले दिएको पाँच लाख रुपैयाँ घुसको रकमसहित अख्तियारको टोलीले बरामद गरेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार