Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रस्तावित न्यायाधीश पोखरेल भन्छन्- अन्तरिम आदेशका कारण विकास निर्माण रोकिनुहुन्न


    सोमबार, पुष २ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्चका प्रस्तावित न्यायाधीश सुनिल पोखरेलले अदालतबाट जारी हुने अन्तरिम आदेश र अल्पकालीन आदेशले विकास निर्माणका काम रोकिन नहुने टिप्पणी गरेका छन् ।

    सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले विकास निर्माण, आर्थिक विकास र नागरिकको सम्पत्तिको हक संरक्षणमा न्यायकर्ता सचेत हुनुपर्ने बताएका हुन् । यस्तो अवस्थामा न्यायिक सक्रियता र न्यायिक आत्मसंयमताबीच सन्तुलन कायम गर्नुपर्ने उनको बुझाइ छ ।

    ‘अतः व्यक्तिको सम्पत्तिमाथिको अधिकार कुण्ठित नहुने गरी विकास निर्माण र आर्थिक विकासका कार्यले निरन्तरता पाउने गरी सुन्तुलित भूमिकाबाट न्याय सम्पादन हुनुपर्छ भन्ने मान्यता रहेको छ’, प्रस्तावित न्यायाधीश पोखरेलले कार्ययोजनामा भनेका छन् ।

    न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका व्यक्तिहरुको गत शुक्रबारदेखि सुनुवाइ भइरहेको छ । शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमान, आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना तथा आइतबार पोखरेलको सुनुवाइ भइरहेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार