Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौँडामा आगलागी हुँदा झण्डै १० लाखको क्षति


    सोमबार, पुष २ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । हेटौँडा उपमहानगरपालिका १३ टुटेपानीस्थित एक गोठमा अचानक आगलागी हुँदा करिब १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

    उत्तम गुम्जाको घरसँग जोडिएको जस्ता र काठले बनेकोको गोठमा गएराति अचानक आगलागी हुँदा उक्त गोठभित्र रहेको दुई वटा राँगाको अगाडि र पछाडिका खुट्टामा जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    उक्त आगलागीमा १५ सय केजी मकै, सालको काठ ३५० क्युफिट काठ, जस्तापाता १३५ थान जले नष्ट हुँदा करिब नौ लाख सत्तरी हजार रुपियाँ बराबरको क्षति भएको छ । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा आएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार