Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चका प्रस्तावित न्यायाधीश पोखरेल र ढकालको संसदीय सुनुवाइ हुँदै


    सोमबार, पुष २ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्ने तयारी छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ११ बजे उक्त बैठक बस्नेछ ।

    सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको बैठकमा सुनुवाइ हुने कार्यसूची रहेको संसद् सचिवालयका कार्यवहाक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।

    आजै प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक बस्नेछ ।

    युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेको विषय, नयाँ विमान खरिद प्रक्रिया र निगमबारे बैठकमा छलफल गरिने कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार