Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आवश्यकताअनुसार मन्त्रीमण्डल फेरबदल हुनसक्छ : सञ्चारमन्त्री शर्मा


    आइतबार, पुष १ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने बताएकी छन् । आज मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

    उनले अहिले नै भने सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको बताइन् ।

    ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराहरू छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन’, उनले भनिन् ।

    प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको स्पष्ट पारिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार