काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विद्युतीय प्रविधिको प्रयोग गरेर योजनाहरुको अनुगमन र मूल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताएकी छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले विकास निर्माणका योजनाहरुको विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मुल्यांकन गर्ने व्यवस्था गर्न लागिएको बताइन् । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बारेको छलफलमा भाग लिँदै उनले सो विधेयकमा विद्युतीय प्रविधिको प्रयोग गरेर अनुगमन तथा मूल्यांकन गर्ने प्रावधान राखिएको बताइन् ।
अनुगमन तथा मूल्यांकन नगर्ने र प्रतिवेदन पेस नगर्ने आयोजना प्रमुखहरुलाई कानुनी कारबाही गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । उनले आजसम्म अनुगमन तथा मुल्यांकनको कुनै कानूनी व्यवस्था नभएको भन्दै अब कानूनी व्यवस्था गरेर नै अनुगमन तथा मूल्यांकन गर्ने स्पष्ट पारिन् ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend