Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेप्सीकोलाबाट सालकको खपटासहित तीन जना पक्राउ


    आइतबार, पुष १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पेप्सीकोलबाट सालकको खपटासहित तीन जना पक्राउ परेका छन् । सालकको खपडा बेचबिखन गर्न लागेको सुराक पाएपछि उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा दोलखा घर भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षका सुकविर तामाङ रहेका छन् ।

    प्रहरीले उनीहरुको साथबाट ४४ इन्च लम्बाई र २९ इन्च चौंडाई भएको खपडा बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार