काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको उल्लेख गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको दाबी गरेका हुन् । अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताए । उनले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको बताए ।
लिङदेनले भने, ‘गएका निर्वाचनहरूमा फेरी पनि भन्छु–अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि उकालो यात्रा प्रारम्भ गर्यो । अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रुपमा स्थापित गर्न सफल भयौं । अब यति मात्रै पर्याप्त छैन । र, हामीले गर्नुपर्ने थुप्रै कामहरू छन । हाम्रा थुप्रै जिम्मेवारीहरु छन । जसलाई हामीले आगामी दिनमा पूरा गर्नुपर्नेछ । हामीले यही बीचमा पार्टीलाई संस्थागत गर्ने, मजबुत बनाउने क्रममा लामो समयदेखि हामीले ब्यहोरी राखेका आन्तरिक समस्या भनेको यसलाई जसरी यो संविधानको मूलभुत मान्यतासँग फरक दृष्टिकोण राख्ने पार्टीको रुपमा हामीले हाम्रो आन्तरिक विधानमा राखेपनि वैधानिक रुपमा निर्वाचन आयोगमा जाँदा खेरी राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी हाम्रो अवधारणामा निर्वाचन आयोगमा हामीले विधि पुर्याउनका लागि हामीले बाहिर प्रचारमा ल्याएको विषयलाई परिवर्तन गरेर पेस गर्नुपर्ने अथवा निर्वाचन आयोग आफैले हटाई दिने जस्ता जो समस्याहरू थियो । तर अहिले महाधिवेशनपछि त्यही प्रकारको प्रयास निर्वाचन आयोगले गर्यो । तर हामीले दृढता पूर्वक त्यसको प्रतिवाद गर्यौं । र, आजको दिनमा निर्वाचन आयोगसँग लामो समयदेखि रहेको हाम्रो समस्याको समाधान भएको छ । र, नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापनाको कुरा गर्नु, संघीयताको खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्य अनुरुपको विधान निर्माण गर्नु अव असंवैधानिक होइन भन्ने कुरा स्थापित गर्न हामी सफल भएका छौं ।’
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend