काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको उल्लेख गरेका छन् ।
आजबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले नेपालका राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापना र संघीयताको खारेजीको माग राख्नु अवैधानिक होइन भन्ने कुरा आफ्नो पार्टीले स्थापित गराएको दाबी गरेका हुन् । अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताए । उनले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको बताए ।
लिङदेनले भने, ‘गएका निर्वाचनहरूमा फेरी पनि भन्छु–अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि उकालो यात्रा प्रारम्भ गर्यो । अब राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली राजनीतिमा उपेक्षा गर्न नसकिने र अग्रगतितर्फ गइराखेको शक्तिको रुपमा स्थापित गर्न सफल भयौं । अब यति मात्रै पर्याप्त छैन । र, हामीले गर्नुपर्ने थुप्रै कामहरू छन । हाम्रा थुप्रै जिम्मेवारीहरु छन । जसलाई हामीले आगामी दिनमा पूरा गर्नुपर्नेछ । हामीले यही बीचमा पार्टीलाई संस्थागत गर्ने, मजबुत बनाउने क्रममा लामो समयदेखि हामीले ब्यहोरी राखेका आन्तरिक समस्या भनेको यसलाई जसरी यो संविधानको मूलभुत मान्यतासँग फरक दृष्टिकोण राख्ने पार्टीको रुपमा हामीले हाम्रो आन्तरिक विधानमा राखेपनि वैधानिक रुपमा निर्वाचन आयोगमा जाँदा खेरी राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी हाम्रो अवधारणामा निर्वाचन आयोगमा हामीले विधि पुर्याउनका लागि हामीले बाहिर प्रचारमा ल्याएको विषयलाई परिवर्तन गरेर पेस गर्नुपर्ने अथवा निर्वाचन आयोग आफैले हटाई दिने जस्ता जो समस्याहरू थियो । तर अहिले महाधिवेशनपछि त्यही प्रकारको प्रयास निर्वाचन आयोगले गर्यो । तर हामीले दृढता पूर्वक त्यसको प्रतिवाद गर्यौं । र, आजको दिनमा निर्वाचन आयोगसँग लामो समयदेखि रहेको हाम्रो समस्याको समाधान भएको छ । र, नेपालमा राजासहितको प्रजातन्त्रको कुरा गर्नु, हिन्दु राष्ट्र पुनस्थापनाको कुरा गर्नु, संघीयताको खारेजीको कुरा गर्नु र त्यो उद्देश्य राखेर पार्टी स्थापना गर्नु र त्यो उद्देश्य अनुरुपको विधान निर्माण गर्नु अव असंवैधानिक होइन भन्ने कुरा स्थापित गर्न हामी सफल भएका छौं ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend