Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र लिङदेन भन्छन्- कोशीमा एमाले र कांग्रेस मिल्नुको विकल्प छैन


    मंगलबार, साउन १६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कोशीको वर्तमान सत्ता संकट र मध्यावधिको अवस्थालाई रोक्न एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको दाबी गरेका छन् ।

    आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले प्रदेश सरकारलाई अस्थिरतातर्फ धकेल्न नदिन एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन् ।

    ‘हिजो सभामुखलाई हस्ताक्षर गराएर समस्या आयो, आज सभामुखलाई राजीनामा गराउने भन्दै हुनुहुन्छ, ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ, तपाईँहरूले ज्येष्ठ सदस्यलाई मन्त्री बनाएपछि एमालेको ज्येष्ठ सदस्यले चाहिँ थपक्क मानिहाल्छ ? राप्रपाको ज्येष्ठ सदस्यले थपक्कै मानिहाल्छ ?’ उनले भने

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार