काठमाडौं । पोखराको मित्रमिलन सहकारी ठगी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले स्याङ्जाका बुद्धिसागर पौडेल र नुवाकोटका गोपाल खनाललाई पक्राउ गरेको हो ।
उनीहरू दुवैको बसोबास पोखरामा छ । यसअघि पोखरा २२ का राजु बराल पक्राउ परिसकेका छन् ।
संस्थाका अध्यक्ष र कार्यकारी प्रमुख सुरुमै पक्राउ परेर हिरासतमा छन् । बचतकर्ताको रकम फिर्ता नदिएपछि सहकारी विरुद्ध बचतकर्ताले उजुरी दिएका थिए । सोही उजुरीपछि सहकारी रजिस्ट्रारको कार्यालयले आवश्यक छानबिन सहित कारबाहीका लागि प्रहरीमा फाइल पठाएको हो ।
मित्रमिलनमा बचत गरिएको २६ करोड ८३ लाख भन्दा बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । सोही ठगी काण्डमा ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend