Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीको गोलीले युवकको मृत्यु प्रकरण, निजगढमा राजमार्ग अवरुद्ध


    शनिबार, मंसिर ३० २०८०
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा स्थानीय युवक लक्ष्मी मुखिया विनको मृत्यु भएको विषयलाई लिएर आज(शनिबार) निजगढमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    सिम्रौनगढ नगरपालिका वडा नम्बर १ नामसागरा ढाट निवासी २५ वर्षीय विनको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । प्रमुख प्रशासकीय अधिकृतलाई नगरपालिकाले हाजिर गराएको विरोधमा उत्रिएका शिक्षक, कर्मचारीको प्रदर्शन उग्र बन्दा प्रहरीसँग झडप भएको थियो । त्यस क्रममा प्रहरीले हवाई फायर गरेको थियो भने प्रहरीले चलाएको गोली लागि उनको मृत्यु भएको थियो ।

    उक्त घटनालाई लिएर आज पीडित परिवारका साथै स्थानीयले राजमार्ग बन्द गराएका हुन् । उनीहरुले घटनाको छानबिन गरी गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवारलाई राहत दिनु पर्ने, मधेशका मुख्यमन्त्री र नगपालिकाका मेयरले राजीनामा पर्नेलगायतका माग राखेका छन् ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार