Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशीमा यातायात बन्द गर्दै हिड्ने ६ जना पक्राउ


    शनिबार, मंसिर ३० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले कोशीमा यातायात बन्द गराउँदै हिँडेका ६ जनालाई पक्राउ गरेको छ।

    आज शनिबार बिहान धरानबाट ५ जना र झापाको केरखाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

    नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेकाहरूलाई रिहा गर्न माग गर्दै कोशीका आन्दोलनकारीले आज बन्दको घोषणा गरेका थिए।

    प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ।

    ‘हामीले धरानबाट ५ जना र झापाबाट एक जनालाई पक्राउ गरेका छौं,’ कोशीका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने, ‘सवारी साधन चलिरहेका छन्।’

    प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

    बन्द आह्वानका कारण पहाडी जिल्लाहरूमा यातायातका साधन चल्न सकेका छैनन्। नेकपा एमालेको संकल्प यात्राको टोली आज दिउँसो तेह्रथुमबाट पाँचथर पुग्दैछ।

    पाँचथरमा यातायात ठप्पप्रायः छ। एमालेले भने आज फिदिममा आयोजना गर्ने आमसभाका लागि बसबाट जिल्लामा सहभागी ओसारिरहेको एमाले नेताहरूले बताएका छन्।

    ‘हाम्रो आमसभामा सहभागी हुन आउनेहरू बसबाटै आइरहनु भएको छ,’ एमाले नेता कपिल घिमिरेले भने, ‘हामीलाई बन्दको प्रभावले छोएको छैन।’

    बन्दका कारण तराईका सुनसरीको धरान, उदयपुर, झापाको पश्चिम क्षेत्र बढी प्रभावित छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार