Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • दाङमा टिप्परले ठक्कर दिँदा २ जनाको मृत्यु


    शनिबार, मंसिर ३० २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तुलसीपुर । दाङमा टिप्परको ठक्करबाट प्युठानका २ युवकको ज्यान गएको छ । मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका– ४ बाङ्गे बस्ने बर्ष १७ को बिशाल जि.सी. र नौबहिनी गाउँपालिका– लुङ बस्ने १८ वर्षका सागर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए ।

    घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाउपचारको क्रममा मृत्यु भएको । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नं.को टिप्परले रा २ प ५५८९ नं.को मोटरसाइकललाई घोराही –.१० धारबैरा चोकमा गएराति साढे १० बजे ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    टिप्पर चालक रोल्पा रुन्टीगढी – ९ बस्ने बर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार