काठमाडौं, २३ चैत । कोरोना भाइरसको महामारी फैलिरहेको बेला भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा गएको २०७६ फागुन २२ देखि ३० (मार्च ५ देखि १३) सम्म तबलिगी जमातले आयोजना गरेको धार्मिक भेला(मरकज)मा सहभागी भएर लुकिछिपी आएका १४ नेपालीलाई भारतको उत्तरप्रदेशस्थित कुशीनगर प्रहरीले ऊखुबारीमा लुकीछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरेको छ । स्थानीयले लकडाउनमा खेतमा भागिरहेको देखेपछि प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका थिए ।
तबलिगी जमातको कार्यक्रममा भाग लिएर दिल्लीबाट लुकीछिपी उनीहरु नेपालतर्फ आउन खोजिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुलाई उत्तरप्रदेशकै रामकोला क्वारेन्टाइनमा राखिएको भारत उत्तर प्रदेशबाट प्रकाशित हुने न्युज १८ अनलाइन पोर्टलमा उल्लेख छ । उनीहरुलाई चिकित्सकहरुले स्क्रीनीङ गर्दा कोरोना पोजेटिभ नदेखिए पनि क्वारेन्टाइनमा राखिएको छ ।
कुशीनगरमा नियन्त्रणमा लिइएका नेपाली । फोटोः न्युज १८ अनलाइन पोर्टल
तबलिगी जमातले दिल्लीमा गरेको उक्त कार्यक्रममा १४ जना कोरोना संक्रमित थिए । र, उक्त भेलामा जानेहरुमा पनि कोरोना सरेको र जसका कारण भारतभर महामारी फैलिएको भन्दै तबलिगी जमातका प्रमुख मौलाना मोहम्मद साद कंधालवीको भारतीय प्रहरीले ब्यापक खोजी गरिरहेको छ । दिल्ली प्रहरीले कानुनविपरीत भेला गरेको भन्दै मौलाना मोहम्मद साद विरुद्ध बुधबार अदालतमा मुद्दा दायर गरेको छ ।
उत्तर प्रदेश कुशीनगरमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका १४ नेपाली मुस्लिमहरुमा सिरहाका मोहम्मद जखीर अंसारी, मोहम्मद अलाउद्दीन, मोहम्मद अहमद हुसैन, मोहम्मद रहमतुल्लाह खां, नेयमुल्लाह खां, जासीम, इब्राहिम, अख्तर, इदरीश, इसराफिल, हमजा, फरमुद, नाजिर तथा मोहम्मद आरिफ अंसारी लगायत छन् । उनीहरुका अनुसार तबलिगी जमातको भेलामा नेपालबाट ४१ जना सहभागी थिए ।
तबलिगी जमातको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा भएको धार्मिक भेला(मरकज)मा सहभागी भएर फर्किएका नेपालीले कोरोना संक्रमण फैलाउन सक्ने आशंका बढेको छ । निजामुद्दिन भेलामा कोरोना संक्रमितहरु समेत सहभागी भएको कुराले भारत सरकारलाई पनि टाउको दुखाइको बिषय बनेको छ । र, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भेला गर्न अनुमति दिएको भनेर उनको ठूलो आलोचना भइरहेको छ । उक्त भेलामा करिब २ हजारको संख्यामा सहभागी भएकाले भारतमा समेत त्यसले नै कोरोना महामारी फैलाएको भन्दै केजरीवालको चर्को आलोचना भएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend