काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ ।
शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउने गरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन । शुक्रबार बैठकको प्रारम्भ ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरे । प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीसँगको सवालजवाफ चलिरहँदा सांसद जबरा शौचालय निस्किए । ५–७ मिनेटसम्म नआएपछि खोजी नै सुरु भयो । नआएपछि त्यसपछिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सञ्चालन गरे ।
ज्येष्ठ सदस्य जबरा शौचालयबाट फर्किने भएकाले सांसद कार्की सभापति आसनको कुर्सीमा बस्न गएनन् । तर एमाले सांसद महेश बर्तौलाले ‘सभाध्यक्षको कुर्सी खाली राखेर बैठक नचलाऔँ’ भनेपछि कार्की सभापति आसनमा बस्न गए । सांसद कार्कीले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्ने अनुमति दिएलगत्तै सांसद जबरा बैठक कक्षमा प्रवेश गरे । तत्कालै कार्कीले आसन छाडे ।
सुनुवाइ जारी रहँदा सांसद जबरा पुनः बैठकबाट निस्किए । त्यसपछि पुनः कार्कीले सभापतित्व गरे । केही क्षणको सुनुवाइपछि कार्कीसहितका अन्य कांग्रेस सांसद बाहिर निस्किए । उमेरका हिसाबले बैठकको सभापतित्वको जिम्मेवारी एमाले सांसद देवेन्द्र दाहालको काँधमा आयो । प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानको सुनुवाइ प्रारम्भसँगै सांसद दाहाल पनि बैठकबाट बाहिरिए । त्यसपछि सभापतित्व गर्ने पालो आयो कांग्रेस सांसद ईश्वरी न्यौपानेको । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend