काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको नतिजा धमाधम आउन थालेको छ । बिहीबार सम्पन्न निर्वाचनको अहिलेसम्म २५ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जितेका १७ क्षेत्रमा जित हासिल गरेको छ ।
रास्वपाले जितेका क्षेत्रमा धनुषा–३ मनिष झा, कास्की–३ बिना गुरुङ, काठमाडौं–१०स् प्रदीप विष्ट, मोरङ–४ सन्तोष राजवंशी , कास्की–२ उत्तमप्रसाद पौडेल, काठमाडौं–५ सस्मित पोखरेल, काठमाडौं–४ पुकार बम, काठमाडौं–८ विराजभक्त श्रेष्ठ २, काठमाडौं–३ राजुनाथ पाण्डे, काठमाडौं–१ रञ्जु दर्शना, काठमाडौं–९ रास्वपा उपसभापति डोलप्रसाद अर्याल, मोरङ–६ रुविना आचार्य, बाँके–१ सुरेशकुमार चौधरी, स्याङ्जा–१ धनञ्जय रेग्मी, रुपन्देही–४ कन्हैया बनियाँले जितेका छन् ।
त्यसैगरी नेपाली कांंग्रेसले ५ सिटमा जित हासिल गरेको छ । तेह्रथुमः सन्तोष सुब्बा, दैलेख–१ वासना थापा, रसुवा–१ मोहन आचार्य, मुस्ताङ–१ योगेश गौचन थकाली, मनाङ–१ टेकबहादुर गुरुङ बिजयी भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ सिटमा जित हासिल गरेको छ । रुकुम पूर्व–१ मा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ु कालिकोट–१ मा महेन्द्रबहादुर शाही बिजयी भएका छन् ।
नेकपा एमालेले १ सिटमा जित हासिल गरेको छ । बाँके–२ मा एमालेका लागि पहिलो जित मोहम्मद इश्तियाक राईले दिलाएका छन् । उनी पार्टी प्रवेश गरेलगत्तै टिकट लिएर यस क्षेत्रबाट निर्वाचित भएका हुन् ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend