Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्तोल र खैरो हेरोइनसहित २ जना पक्राउ


    शुक्रबार, मंसिर २९ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले अवैध हतियार पेस्तोल र लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ।

    उक्त टोलीले इलामका चिरञ्जीवी सिन्चुरी र नवलपुर कावासोतीका लेखबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ५ राउण्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल, खाली म्याग्जिन र लागु ‌औषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला परेको कार्यालयका सूचना अधिकृत मिलन केसीले जानकारी दिए ।

    पक्राउ परेका दुवै जनालाई लागु ‌औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार