Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अदालतपछि सम्पत्ति शुद्धीकरणमा लगियो


    शुक्रबार, मंसिर २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नक्कली भुटानी शणार्थी प्रकरणमा उच्च अदालतको आदेशमा धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालतमा धरौटी बापतको बैंक ग्यारेन्टी बुझाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ । केन्द्रीय कारागार प्रशासनले उनलाई पुल्चोकस्थित विभागमा उपस्थित गराएको हो ।

    बैंक ग्यारेन्टी बुझाएपछि जिल्ला अदालत काठमाडौँबाट उनलाई पुल्चोक लगिएको छ । खाँणलाई प्रदेश–३–०१–०२३ च ३७२६ नम्बरको निजी गाडी चढेर सम्पत्ति शुद्धीकरणमा उपस्थित भएका हुन् ।

    सम्पत्ति शुद्धीकरणका महानिर्देशकले खाँणलाई साधारण तारेखमा छाड्ने वा धरौटी लिने भन्नेबारे निर्णय गर्नेछन् । त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार