Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुत्ताभित्र लुकाएर ल्याएको ४ सय ५० ग्राम सुनसहित मकवानपुरबाट २ जना पक्राउ


    शुक्रबार, मंसिर २९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट सुनसहित २ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका २ का ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।

    उनीहरूलाई रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साह जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थानसहित पक्राउ परेका हुन् ।

    यस्तै, झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङ पक्राउ परेका हुन् ।

    उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार