Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दलको नेता परिवर्तन गर्न हामीसँग संख्या छैन : शेखर कोइराला


    बिहिबार, मंसिर २८ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी संसदीय दलको नेता परिवर्तन गर्नका लागि आफूसँग पर्याप्त संख्या नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

    ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसँग दलको नेता फेर्ने संख्या छैन,’ कोइरालाले भने । नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरुसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाव दिए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।

    त्यस्तै नेता कोइरालाले राजनीतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसिएल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे । उनले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

    माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको उनको आरोप छ । ‘सरकारसँग जनता निराश भएका छन् । जताततै व्यथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार