Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • सुनका गहनासहित भारतीय नागरिक पक्राउ


    बिहिबार, मंसिर २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। बाँके प्रहरीले ७० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । उक्त सुनको बजार मूल्य ६ लाख ७८ हजार एक सय ५८ रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका-१० साझा चोक स्थित चारबाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको अवस्थामा भारत बाबागन्जका ४० वर्षीय बब्लु भन्ने संजय कुमार सोनीलाई सुनका गहनासहित पक्राउ गरिएको उनले बताए ।

    प्रहरीले उनको साथबाट यूपी ४० एयू ४१९९ नं. को मोटरसाइकल पनि बरामद गरेको छ । डिएसपी डाँगीका अनुसार, सोनीको साथबाट सुन जस्तो देखिने पहेँलो धातुको दुई थान मिनी हार, एक थान मसिनो सिँक्री, १० थान ठूलो नथिया, एक थान लकेट, कानमा लगाउने झाला चार वटा र एक थान औँठी बरामद भएको छ ।

    ‘बरामद गरिएका गरगहना सुनचाँदी ब्यवसायी संघ बाँकेले पहेँलो धातु सुन रहेको प्रमाणित गरेको छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार