Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज राति नेपालबाट उल्का वर्षाको दृष्य देख्न पाइने


    बिहिबार, मंसिर २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। खगोलविद्ले आज राति नेपालबाट पनि मिथुन उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने बताएका छन् । नेपालबाट आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने छ ।

    नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उक्त उल्का वर्षालाई अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । यो वर्ष मंसिर १८ गतेदेखि शुरु भएकाे मिथुन उल्कावर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले बताए ।

    त्यस्तै उल्का वर्षा हेर्न चाहनेले आफ्नो घरबाट वा प्रकाश प्रदूषण ( उज्यालो प्रकाशका कारण आकाशमा हुने प्रदूषण ) कम भएको ठाउँबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् ।

    अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सक्ने उनको भनाइ छ । उल्का वर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार