Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त


    बुधबार, मंसिर २७ २०८०
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पद्मप्रसाद पाण्डेलाई सभामुख देवराज घिमिरेले संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त गरेका छन् ।

    संघीय संसदका प्रवक्ता टेकराज गिरीले सभामुख घिमिरेले पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको जानकारी दिए ।

    संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए ।

    सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

    राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार