Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • नक्कली प्रमाण पत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ


    मंगलबार, मंसिर २६ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेकाे हाे ।

    उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र नक्कली रहेको पाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गहतराजमाथि थप छानबिन भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार