काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ ।
उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको प्राधिकरणले जनाएको छ । भूकम्पबाट प्रभावित घरपरिवारका लागि अस्थायी आवास निर्माण कार्य सुरु गर्न पहिलो किस्ताका लागि उक्त रकम अनुदान स्वरुप पठाइएको हो ।
प्राधिकरणले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम जिल्लामा पठाएको हो ।
प्राधिकरणका अनुसार जाजरकोट र रुकुम पश्चिममा ५०/५० करोड रुपैयाँ, सल्यानमा दुई करोड रुपैयाँ, बाजुरामा १४ करोड रुपैयाँ र बझाङमा २५ करोड रुपैयाँ पठाइएको छ ।
प्राधिकरणले पठाएको उक्त रकममध्ये जिल्लाले हालसम्म स्थानीय तहलाई एक अर्ब तीन करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा गरेको छ ।
जाजरकोटले ४६ करोड ४३ लाख रुपैयाँ, रुकुम पश्चिमले ४३ करोड ५८ लाख ५० हजार रुपैयाँ, सल्यानले एक करोड ८० लाख रुपैयाँ, बाजुराले तीन करोड २० लाख ५० हजार रुपैयाँ र बझाङले आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा गरेको छ ।
जिल्लाले निकासा गरेको रकममध्ये स्थानीय तहबाट हालसम्म भूकम्पपीडितलाई १५ करोड ५१ लाख ५० हजार रुपैयाँ निकासा भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जाजरकोटका भूकम्पपीडितले एक करोड तीन लाख रुपैयाँ, रुकुम पश्चिमले १३ करोड आठ लाख ७५ हजार रुपैयाँ र सल्यानले एक करोड ३९ लाख ७५ हजार रुपैयाँ अस्थायी आवास बनाउन अनुदान स्वरुप पाइसकेका छन् ।
स्थानीय तहबाट हालसम्म ५१ हजार ८६३ लाभग्राही कायम भएको प्राधिकरणले जानकारी दिएको छ । कायम भएका लाभग्राहीमध्ये ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता भएको छ ।
भूकम्पपीडितको संख्या (लाभग्राही) ठूलो भएका कारण प्राधिकरणले पठाएको रकमले नपुग्ने जनाउँदै सम्बन्धित जिल्लाले अस्थायी आवास निर्माणको लागि थप रकम मागेका छन् ।
अस्थायी आवास निर्माणको लागि चार जिल्लाले दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप रकम मागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जाजरकोटले एक अर्ब ५० करोड, रुकुम पश्चिमले एक अर्ब दुई करोड रुपैयाँ, सल्यानले आठ करोड रुपैयाँ र बाजुराले ५० लाख रुपैयाँ थप रकम मागेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend