काठमाडौं। दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध हिरासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनले बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघमा लगि परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend