Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय


    सोमबार, मंसिर २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनता समाजावादी पार्टी (जसपा) नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले साे निर्णय हाे ।

    बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदबार चयनका लागि आगामी पुस १० गते केन्द्रीय कार्यकारिणी समितिको पुनः बैठक बस्ने निर्णय गरेको छ । यसका साथै, कार्यकारिणी समितिले यही पुस २५, २६ र २७ गते जसपा नेपालको राजनीतिक समितिको बैठक आह्वान गरेको छ ।

    यस्तै जसपा नेपालले यसबीच संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षक अभियान प्रभावकारी रहेको निष्कर्ष समेत निकालेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार