Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसी सेनामा करिब दुई सय जना नेपाली रहेको जानकारी आएको छ: प्रधानमन्त्री प्रचण्ड


    सोमबार, मंसिर २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ती भएको बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताए।

    नेपालीहरू भिटिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका थिए। ‘रुस पुगेका नेपालीहरूको खोजी कार्य भइरहेको छ,’ उनले भने।

    रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए।

    सरकारले रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको यसअघि बताएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार