Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनसेलविरुद्ध अमरेश कुमार सिंहले दर्ता गरेको रिट न्यायाधीश शर्माको इजलासमा


    सोमबार, मंसिर २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। एनसेलको शेयर खरिदबिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी परेको छ ।

    यसअघि उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट हेर्न नभ्याइनेमा परेको थियो ।

    सांसद सिंहले उक्त रिट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर शुक्रबार दर्ता गराएका थिए ।

    सांसद सिंहले मलेसियाको कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो स्वामित्वको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई बिक्री गर्ने सहमति कार्यान्वन हुन नदिन माग गर्दै रिट दायर गरेका हुन् ।

    यस अघि उच्च अदालत पाटनमा परेको एनसेलविरुद्ध परेको रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ। एनसेलको शेयर खरिद बिक्री प्रक्रिया रोक्नका लागि आदेश भइसकेको छ। उच्च अदालत पाटनको आदेश बमोजिम पनि एनसेलले शेयर बिक्री गर्न नपाउने भइसकेको छ।

    आजिएटाले केही दिनअघि सञ्चार मन्त्रालयलाई जवाफी पत्र पठाउँदै आचार्यलाई ६ अर्ब ६५ करोड रुपैयाँमा आफ्नो स्वामित्वको सबै शेयर बिक्री गरेको स्वीकार गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार