काठमाडौं । नेपाल सरकारले ठेक्का लिएर काम नगर्ने विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।
जसमा सरोजकुमार साह सञ्चालक रहेको आदर्श कन्स्ट्रसन तीन वर्षसम्मका लागि, लक्ष्मण पाण्डेय सञ्चालक रहेको त्रिवेणी निर्माण सेवा र बमबहादुर कुर्मी सञ्चालक रहेको गंगोत्री देवी निर्माण सेवा गरेर दुई कम्पनी दुई वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
यस्तै खेमराज गुरुङ सञ्चालक रहेको बाबरी निर्माण सेवा, कृष्ण भट्टराई सञ्चालक रहेको कमल कन्स्ट्रक्सन, गगनबहादुर शाही सञ्चालक रहेको अनामिका कन्स्ट्रक्सन,लोकबहादुर राना सञ्चालक रहेको भावेश कन्स्ट्रक्सन प्राली, ऊर्जा कुशभ मष्ट जेवी र प्रमेश्वर पाण्डे सञ्चालक रहेको प्रान्जल निर्माण सेवासहित पाँच कम्पनी साढे एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
मोहित श्रेष्ठ सञ्चालक रहेको रोहित निर्माण सेवा, पारसकुमार बोहोरा सञ्चालक रहेका पारस निर्माण सेवा र रुकमणी सुवेदी सञ्चालक रहेको रुमानी निर्माण सेवासहित तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend