Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेस्ताेलसहित रुपन्देहीमा एक जना पक्राउ


    सोमबार, मंसिर २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। रूपन्देहीको सियारीबाट पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    सियारी गाउँपालिका २, च्याङ्था इलाकामा सशस्त्र प्रहरीको सुरक्षा बेस अमुवाबाट सशस्त्र प्रहरी निरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा आइतबार राति पौने ११ बजे पेस्तोलसहित स्थानीय अमेरिका थारुलाई पक्राउ गरेको हो।

    उनको साथबाट अन्दाजी ६ मि.मि. राउण्ड लाग्ने रिभलवर पेस्तोल एक थान र लाभा कम्पनीको एकथान मोबाइल सेट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए।

    पक्राउ परेका थारु र पेस्तोलसहित अन्य सामग्री आवश्यक कारबाहीका लागि राति नै इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको सशस्त्रले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार