Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३२ करोड हिनामिना गरेको आरोपमा कञ्चनपुरमा चार जना पक्राउ


    आइतबार, मंसिर २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीमा कार्यरत चार जना कर्मचारीलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगर, त्रिभुवन बस्ती र बेलौरीका ३ हजार ६ सय ७१ बचतकर्ताहरूले आफूले जम्मा गरेको रकम सहकारीका कर्मचारीले हिनामिना गरेको भन्दै प्रहरीमा मुद्दा दिएपछि उनीहरूलाई पक्राउ गरिएकाे हाे ।

    पक्राउ पर्नेमा सहकारीमा कार्यरत गीता शर्मा, केदारनाथ शर्मा, पुष्कर मल्ल र अमिसराज भण्डारी रहेका छन् ।

    जम्मा गरेको बचत रकम फिर्ता माग्दा फिर्ता नपाएपछि बचतकर्ताले प्रहरीमा सहकारी विरुद्ध उजुरी दर्ता गरेका थिए ।

    उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरूले बचतकर्ताको ३१ करोड ९७ लाख तीन हजार ९ सय रुपैयाँ हिनामिना गरेको बचतकर्ताको आरोप छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार