Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु


    आइतबार, मंसिर २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । कैलालीमा अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–८ स्थित भित्री सडकखण्डमा सुप प्र ०१ ००१ ह ३४८४ नम्बरको अटो रिक्सा आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका चालक अन्दाजी ३४ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

    उनको सेती प्रादेशिक अस्पतालमा शनिबार राति मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार