Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा


    आइतबार, मंसिर २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । किशोरी बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पाण्डेको इजलासमा पेसी तोकिएको हो ।

    यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट माग गरेको थियो । दुवै पक्षबाट बहस नोट पेश भएपछि आइतबार सुनुवाइका लागि पेशी तोकिएको हो ।

    अब दुवै पक्षले बहस नोटमा जिकिर लिएका विषयहरुलाई थप प्रष्ट पार्न अन्तिम सुनुवाइ गर्नेछन् । त्यसपछि न्यायाधीशले आफ्नो फैसला सुनाउने वा निर्णय सुनाउन अर्को पेसी तोक्न सक्नेछन् ।

    आज आइतबार निर्णय सुनाउने आदेश भएमा भने पछि पनि आज पेसी परेका न्यायाधीशले नै फैसला गर्नुपर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार