Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद, विदेशी नागरिक पक्राउ


    आइतबार, मंसिर २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि झन्डै ६ किलो सुन बरामद गरिएको छ।

    भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले उक्त सुनसहित केही विदेशी नागरिक पक्राउ गरेको हो ।

    विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको बताए ।

    गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।

    उनका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार