हेटौंडा। आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर रकम माग्ने तीन युवकलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरेर रकम माग्ने हेटौंडा उपमहानगरपालिका-९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्रीलाई प्रहरीले शुक्रबार पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको छ ।
सूर्यप्रसाद निश्चल पौडेलका सहोदर ठूलोबुबा हुन् । निश्चलको योजनामा सूर्यप्रसादको घरमा मंसिर १९ गते गोली प्रहार गरिएको थियो । गोली घरको भित्तामा लागेको थियो । गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ माग गरेका थिए । ‘यो गोली प्रहार संकेतमात्र हो, मागेको रकम दिएनौ भने जे पनि हुन सक्छ’ भनेर सूर्यप्रसादलाई मोबाइलमार्फत धम्की दिएका थिए ।
उक्त घटनाबारेमा प्रहरीलाई जानकारी दिए पश्चात अनुसन्धानमा प्रहरी उपरीक्षक सिताराम रिजाल आफैं खटिएका थिए । तीन दिन लगाएर उक्त घटनाको अनुसन्धान पछि घटनाको सत्यतथ्य पत्ता लागेको प्रहरी उपरिक्षक रिजालले बताए । प्रहरीले निश्चलको साथबाट स्वचालित पेस्तोलसहित १९ थान गोली पक्राउ गरेको थियो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend