गोरखा। पूर्वगृहमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नजिक भएमा सबै मिलेर सरकारबाटै अप्ठ्यारो पार्ने प्रवृत्ति नेपालमा रहेको टिप्पणी गरेका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङसम्मको संकल्प यात्राको क्रममा गोरखा आइपुगेका ओलीले शनिबार जिल्लाका सरोकारवालासँग अन्तर्क्रिया गर्दै सो कुरा बताएका हुन् ।
‘उत्तरसँग नजिक भएर विकासका काम अघि बढायो भने, नेपालमा कहिलै नाकाबन्दी नहुने गरी चीनसँग यातायात र पारवहन सम्झौता गर्यो भने र देशमा सुशासन ल्यायो भने सरकारबाट सबै मिलेर अठ्याउँछन्’, उनले भने । भारत रिसाउने भन्दै चीनसँग सहयोग लिन डराउँदा नेपालमा धेरै विकासका कामहरु ठप्प भएको उनले दाबी गरे ।
‘शेरबहादुर प्रधानमन्त्री हुँदा पश्चिम सेती किन नबनेको भनेर सोधे, चीनलाई दिन मिल्दैन, चीनलाई दियो भने भारतले विद्युत किन्दैन भन्नुभयो’, ओलीले भने, ‘भारतले सबै ठाउँको बिजुली किन किन्नुपर्यो, हामीले यहाँ उद्योगहरु संचालन गरेर विद्युत त्यहाँ प्रयोग गरे हुन्न ?’
नेपालको आर्थिक अवस्था सुधारका लागी चीनका राष्ट्रपतिले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अन्य पार्टीका नेताहरु भारत रिसाउँछ भन्दै सहयोग लिन डराएको उनले बताए ।
‘म प्रधानमन्त्री भएका बेला चीन पुगेर राष्ट्रपति सी जिन पिङसँग नेपालको आर्थिक अवस्था खस्कियो के गर्ने होला भने, उहाँले तपाईंहरु उत्पादन गर्नुस् हामी सबै किनिदिन्छौं र उत्पादन बढाउन के सहयोग गर्नुपर्छ त्यो पनि गर्छौ भन्नुभयो, फर्केर नेपाल आएपछि छलफल गरे तर सबै पार्टीका नेताहरु चीनको सहयोग लियो भने भारत रिसाउँछ पो भन्नुहुन्छ’, उनले भने ।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएपनि आफ्नो स्वतन्त्रता प्रयोग गर्न नसकेको उनको भनाइ छ । भारतकै कारण पोखरा र लुम्बिनीको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार डराएको उनले बताए ।
पोखरामा बनेको एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्न सरकार आफैं डराएको उनले जानकारी दिए । ‘त्यो एयरपोर्ट चल्न नदिएको पनि के भन्नु सरकारले चलाएको छैन, कसैले चल्न पाउँदैनस् भनेर भित्र भनेपनि बाहिर त भनेको छैन’, उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend